विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा आयाेजक रिजालकाे माेरङ एफसी विजयी भएकाे छ ।
भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै माेरङ विजयी भएकाे हाे ।
सहिद रंगशालामा भएकाे खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए ।
यस्तै ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा दाेर्जे तामाङ र खेलकाे ८९ औं मिनेटमा माैसम लिम्बुले एक गाेल गरे । खेलकाे म्याद अफ द म्याच लिम्बु घाेषित भए ।
काेलकाताका लागि १३ औं मिनेटमा सुदिप्त हाल्डेनले एक र ३८ औं मिनेटमा अनिमेसले एक गाेल गरे । भाेलि सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ ।