संगालोखबर


विराटनगर । नेपाल शिक्षक महासङ्घ कोशी प्रदेशको नेतृत्वमा कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षक आन्दोलित भएका छन् । पेशागत र शैक्षिक मागहरू राखेर कोशी प्रदेश सहित देशैभरका शिक्षक तथा कर्मचारी आन्दोलित भएका हुन् ।

नारा जुलुससहित भेला भएका उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई आज ज्ञापन पत्र  बुझाएका छन् । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक, विद्यालयका कर्मचारी र बाल विकास शिक्षक आन्दोलित भएका छन् ।

Advertisement

उनीहरूले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थी अभिभावक शिक्षा विकास तथा समन्वय इकाई हुँदै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । शिक्षा ऐन २०२८ लाई विस्थापित गरी चालु संसद्को हिउँदै अधिवेशनबाट विद्यालय शिक्षा ऐन २०८० पारित गर्नुपर्ने उनीहरूको माघ छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले शिक्षकहरूका जायज माग सङ्घीय सरकारले पूरा गर्ने भएकाले शिक्षकका मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले सङ्घीय सरकारलाई शिक्षकहरूका माग पूरा गर्न आग्रह गर्ने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!