संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सवको उद्‌घाटन गरेका छन् । आज विराटनगर स्थित सहिद रंगशालामा सभामुख विष्टले महोत्सवको उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन सत्रमा बोल्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै लाग्नुपर्ने उल्लेख गरे । विष्टले निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

Advertisement

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताए । राईले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सहयोग गर्ने उल्लेख गरे ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यतासाथ प्रतियोगिता आयोजना गरिएको बताए । बोर्डले खेल महोत्सवको निरन्तरताका लागि आवश्यक पहल गर्ने उनको भनाइ थियो ।

नियमित खेल गतिविधिले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै खेलाडीलाई खेल खेलेरै जीवनयापन गर्ने अवस्था सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए । यसका लागि सबै एक भएर जुट्नुपर्ने उनको भनाइ थियो ।

फागुन १८ गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताहरू समावेश गरिएको छ । प्रतियोगिताहरू मोरङ र झापाका विभिन्न स्थानमा हुँदैछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!