संगालोखबर


विराटनगर । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

यसअघि गत कात्तिक १५ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।

Advertisement

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!