
विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी रानी नाका हुँदै नेपाल फर्किएका छन् ।
उनीहरू आज नेपाल फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यादवका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौंका ३, सिरहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ जनासहित ७५ जना फर्किएका हुन् ।
मङ्गलबार रानी नाका हुँदै ३ जना विद्यार्थी घर फर्किएका थिए । केआईआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएका हुन् ।

संगालोखबर 













