संगालोखबर

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

‘प्रजातन्त्रका लागि भएको सङ्घर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्’, मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सहिदहरूको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ ।’

संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्रको मूलमर्म भनेको जनताको अधिकारको सम्मान हो । यसलाई जीवन पद्धति बनाएर अघि बढ्न सक्यौँ भने मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्छौं ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!