संगालोखबर


विराटनगर । आज ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

Advertisement

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरूपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!