विराटनगर । विराटनगरमा भेष्पा र अप्रिलिया स्कुटरको शोरुम सञ्चालनमा आएको छ । गौरव अटो सेन्टरले बरगाछीमा ‘अप्रिलिया भेष्पा स्कुटर’को शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन कोशी प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता रूपेश कोइरालाले गरेका थिए ।
गौरब अटो सेन्टरले चार करोड लागतमा सञ्चालन गरेको शोरुममा अप्रिलिया स्कुटर दुई लाख ८८ हजारदेखि चार लाख ६५ हजारसम्मका र भेष्पाको तीन लाख एक हजारदेखि चार लाख ४२ हजार रुपैयाँ मूल्यसम्मका स्कुटर उपलब्ध छन् ।
नगदमा स्कुटर खरिद गर्नेलाई १० हजार नगद फिर्तासँगै अन्य उपहार उपलब्ध हुने सञ्चालक गौरव सिंहले जानकारी दिए । विराटनगरका ग्राहकलाई मध्यनजर गर्दै शोरुम सञ्चालन गरेको उनले बताए ।