संगालोखबर


विराटनगर । विराटनगरको सोरुमबाट चोरी भएको कार फेला परेको छ । आज बिहानको राति सोरुमको सिसा फुटाएर चोरी भएको कार सुनसरीको भोक्राहातर्फ लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार चोरीमा संलग्न विराटनगर-४ का मन्तोषकुमार बिनलाई पनि पक्राउ गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट खटिएको संयुक्त टोलीले आज दिउँसो साढे १२ बजे सुनसरीको गढी गाउँपालिका-४ बाट भोक्राहातर्फ जाँदै गरेको रातो कार देखेपछि पिछा गरेको थियो । उक्त कारलाई रोकेर सोधपुछ गर्दा चोरी भएको पुष्टि भएपछि कारसहित बिनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

गाडीको पछाडि डिकीमा राखिएको एक थान ल्यापटप समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सोरुमका म्यानेजर इन्द्रराज श्रेष्ठले सोरुमको सिसा फुटाएर गाडी र ल्यापटप चोरी भएको भनेर बिहान साढे आठ बजे प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका बिनका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!