विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको भने सोमबार एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएका थियो । आइतबार एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।