विराटनगर । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीनको हत्या भएको पुष्टि भएको छ । हिजो भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा उनीहरू मृत भेटिएका थिए ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख समेत रहेका कुलप्रसाद केही दिन अघि मात्रै काठमाडौं गएका थिए । जेठो रोरा मिलन र कान्छो प्रविण डेरा गरेर अध्ययन गर्दै आएका थिए ।
काठमाडौं पुगेको समयमा छोराहरूको डेरामा पुगेका कुलप्रसाद र कान्छा छोराको हत्या जेठा छोरा मिलनले नै गरेको स्वीकारेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जबाट नियन्त्रणमा लिएको छ ।
उनले बाबु र भाइको हत्या आफैँले गरेको स्वीकारेका प्रहरीले जनाएको छ । हत्या गरेको स्वीकारे पनि कारण खुल्न बाँकी रहेको र अनुसन्धान पछि सबै कुरा खुल्ने प्रहरीको भनाइ छ ।