संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा नौ सय बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा दुई हजार छ सय रुपैयाँ घटेर सुन एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

अस्ति एकै दिन १५ हजार नौ सय रुपैयाँ घटेको सुन तोलामा एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।

आज तोलामा १० रुपैयाँ बढेर चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो । अस्ति चाँदी एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!