संगालोखबर


विराटनगर । सुनको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार तीन सय कायम भएको छ ।

हिजो सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार  दर घटाएपछि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ ।

Advertisement

यस्तै आज चाँदीको मूल्य पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा झरेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो । सरकारले चाँदीको भन्सार दर पनि १५ बाट १० प्रतिशतमा झारेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!