संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो तोलामा एक सय रुपैयाँले घटेको सुन आज एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले बढेको थियो । आज भने मूल्य उकालो लागेको हो ।

Advertisement

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!