विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
२०४८ सालको प्रतिनिधि सभामा ढुंगाना सभामुख रहेका थिए । पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।
पूर्वसभामुख ढुंगानाको हिजो दिउँसो काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।