संगालोखबर

धनकुटा । आयोजक हाम्रो राजारानी भेट्रान फुटबल क्लबले चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा सञ्चालित राजारानी भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा इलाम फुटबल क्लब यु.के. भेट्रान लण्डनलाई २-१ गोलले पराजित गर्दै राजारानी भेट्रानले उपाधि जितेको हो ।

Advertisement

खेलको ७ औं मिनेटमा लोक चेम्जोङ ले गोल गर्दै राजारानी भेट्रानको खाता खोलेका थिए । मध्यान्तरपछिको ८ औं मिनेटमा लण्डनका नरेन्द्रमणि लिम्बूले गोल फर्काउदै खेललाई १-१ को बराबरीमा ल्याए । राजारानीका लागि मध्यान्तरपछिको १८ औं मिनेटमा कृष्ण शाक्यले गरेको गोल नै टिमलाई जित दिलाउन पर्याप्त बन्यो ।

उपाधिसँगै आयोजक राजारानीले १ लाख २४ हजार २४ रुपैयाँ नगदसहित ट्रफी जितेको छ भने उपविजेता बनेको लण्डनले ६४ हजार २४ रुपैयाँमा चित्त बुझाएको छ ।

विजयी टिम तथा खेलाडीहरूलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगायतले पुरस्कार प्रदान गरेका छन् ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने धारणा राखेका छन् ।

स्वर्गीय ज्ञान बहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा गरिएको सो प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा आठ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!