विराटनगर । नेपालबाट आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु भएको छ । नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल-बंगलादेशबीच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ ।