विराटनगर । दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार पुगेको सुनको मूल्य त्यसयता भने निरन्तर घटेको थियो ।
दुई साताको अवधिमा ११ हजार मूल्य घटेर आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । आज सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन तोलामा एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँ बढेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।