संगालोखबर

विराटनगर । तिहारको तेस्रो दिन आज कुकुर पुजा र लक्ष्मी पूजा गरिदै छ । तिथिको घटबढका कारण आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो ।

Advertisement

दशैँपछि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हो । यमपञ्चक अर्थात् दीपावली पनि भनिने यो चाडमा कुकुर तिहार दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण आज तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गरिनेछ ।

यमराजको ढोकामा द्वारपालका रूपमा श्याम र सबल नामका कुकुर रहने विश्वास छ । सोही कारण कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिएर पुजा गरी खुशी पार्नाले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिने गरिन्छ ।

आज घर लिपपोत गरेर सफा सुग्घर बनाई दीपावली गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । साँझ लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने प्रचलन छ । साँझ घरमा दियोवत्ती वाली झिलिमिली बनाई दीपावली गर्ने गरिन्छ ।

पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आजसाँझ भैलो पनि खेल्ने चलन छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!