संगालोखबर

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

Advertisement

नेपालका लागि अमिषा कार्कीले गोल गरेकी थिइन् । बंगलादेशका लागि ऋतु चक्मा र मोनिका चक्माले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् । योसँगै नेपाल साफको फाइनलमा छैटौँ पटक पराजित भएको हो । २०२२ मा पनि बंगलादेशसँग नेपाल ३-१ गोलको हारेको थियो ।

साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक नेपाल असफल भएको छ । नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा १२ पटक पराजित भइसकेको छ । अहिले पनि नेपाल उपविजेतामै सीमित बनेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!