संगालोखबर


विराटनगर । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार चार सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि कात्तिक ७ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनको तुलनामा आज सुन तोलामा सात रुपैयाँले बढी हो । शुक्रबार सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासङ्घका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी तोलामा दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!