संगालोखबर


धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.  डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् ।

उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।

Advertisement

भ्रष्टाचारमा मुछिएका जुनसुकै दलका नेता कार्यकर्ता भएपनि अनुसन्धान हुनुपर्ने र कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताइन् । उनले दलका नेताको विषयमा छानबिन र कारबाही हुँदा काङ्ग्रेसले हस्तक्षेप नगरको बताउँदै रवि लामिछानेका विषयमा पनि अवरोध गर्न नहुने तर्क गरिन् ।

गत असोज ३ गतेदेखि सुरु भएको सय दिने अभियान सञ्चालनका लागि केन्द्रीय समितिले संग्रौलालाई खटाएको छ । धनकुटा काङ्ग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई अभियानमा खटाएको छ ।

पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रूपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका काम अभियानका क्रममा गरिने काङ्ग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

सो क्रममा भातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पद पूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने उनले बताए । अभियान आउँदो पुस १६ गते बीपी जयन्तीका दिन समापन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!