संगालोखबर
फाइल तस्बिर

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो ।

Advertisement

आइतबार अदालतमा उपस्थित गराएर उनलाई अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।

पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो । पूर्व डीआइजी जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरिएको थियो ।

उनी गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक समेत हुन् । उनलाई पनि आजै अदालतमा उपस्थित गराइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!