संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । असोज २३ गतेपछि आजबाट कारोबार सुरु भएको सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ बढेको हो ।

आज दशैँपछिको पहिलो कारोबारको दिन सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

गत असोज २३ गते सुन तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

असोज २३ मा तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!