संगालोखबर


विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए ।

Advertisement

उनले संगालोखबरसँग भने, ‘केही समय अगाडि बस दुर्घटना भएको हो । हामी उद्दार कार्यमा लागेका छौँ ।’  घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!