संगालोखबर


विराटनगर । आज दिउँसो कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति पनि यी स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । भोली दिउँसो कोसी र मधेश प्रदेशलगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रहने छ ।

Advertisement

कोसी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसीका एक/दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । भोलि राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थाना तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!