संगालोखबर


विराटनगर । कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको र बाँकी स्थानमा सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा इलामको कन्याममा ६९ मिलिमिटर वर्षा मापन हुँदा पाँचथरको फिदिममा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको गौरादहमा ५० मिलिमिटर, मोरङको बाहुनीमा ६०.४ मिलिमिटर, मोरङको सुन्दरहरैँचामा ४७.६ मिलिमिटर र सुनसरीको तरहरामा ४२.६ मिलिमिटर वर्षा मापन भएको छ ।

Advertisement

अहिले कोशीका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । अझै मौसम बाहिरिन कम्तिमा पनि एक हप्ता लाग्ने पूर्वानुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!