विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा १५ हजार अमेरिकी डलर बराबरको राहत वितरण गर्ने भएको छ । आपतकालीन सहयोग अन्तरगत बाढी, पहिरो र डुबानमा परेकाहरूलाई तत्काल विभिन्न आवश्यक सामग्री वितरण गरिने जनाइएको छ ।
डिस्ट्रिक्ट ३२५ सीका गभर्नर विकास अधिकारीका अनुसार नेपालमा एक लाख डलर बढीको राहत सहयोग स्वीकृत भएको छ । जसमध्ये १५ हजार डलर बराबरको सहयोग कोशी प्रदेशमा गरिने अधिकारीले बताए ।
अन्तराष्ट्रिय पोलिसी अनुसार कोशीमा राहत वितरणका लागि लायन्स फाउण्डेसनले स्वीकृति प्रदान गरिसकेको उनले जानकारी दिए । नेपालमा आपतविपतको समयमा लायन्स अन्तर्राष्ट्रियले सहयोग गर्दै आएको गभर्नर अधिकारीले बताए ।