संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मतको काम सुरु गरेको छ । चाडपर्वको समयमा आवत–जावतमा सहज होस् भन्ने उद्देश्यले सडकको मर्मत तथा सरसफाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

चाडपर्वको समयमा गाउँपालिकाबासीले सहज रूपमा आवत–जावत र खाद्यान्न ढुवानी गर्न सकुन् भनेर सडकको मर्मत सुरु गरिएको अध्यक्ष मनोज राईले बताए । दशैं, तिहार तथा छठ पर्वको समयमा यात्रुहरूको आवत–जावतलाई सहज बनाउन अवरुद्ध सडकको मर्मत गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिए ।

Advertisement

पालिका जोड्ने मुख्य तथा ग्रामीण कृषि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको कार्कीले जानकारी दिए । कार्कीका अनुसार मौसम प्रतिकुल रहे केहिदिन भित्रमा पालिका भित्रका ७ वटै वडाका सडकको मर्मत तथा सरसफाइ सकिने छ ।

अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत कार्की, वडाअध्यक्ष तथा प्राविधिकसहितको टोलीले अनुगमनसँगै सडक मर्मत तथा सरसफाइको कार्यमा सहयोग गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!