विराटनगर । टी-२० त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । ओन्टेरियोको किङ सिटीमा राति ९ः४५ बजे नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघिका दुई खेलमा नेपालले एउटामा जित निकालेको थियो भने एक खेलमा हार ब्यहोरेको थियो । पहिलो खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने ओमानलाई ३७ रनले पराजित गर्न सफल भएको थियो । सिरिजको अन्तिम खेलमा नेपालले भोलि ओमानसँग खेल्नेछ ।