संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै राईले बाढी, पहिरो र डुबानबाट देशैभर ठूलो क्षति भएको भन्दै राहत, उद्दार तथा पुनःस्थापनाका लागि सबैजना एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोका कारण हुन पुगेको मानवीय क्षति प्रति गहिरो दुःख प्रकट गर्दै मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।’

उनले बेपत्ताहरूको तत्काल खोजी गर्दै मृतकका परिवारलाई राहत तथा घाइतेहरूको उपचारका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!