संगालोखबर
तमोर नदी । फाइल तस्वीर

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो ।

मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए ।

Advertisement

करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलियन अनुहारकी महिलाको शव नग्न अवस्थामा भेटिएको हो । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट देखिएको छ । नदीले बगाएर ल्याउने क्रममा चोट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यता, चौबिसेको फलामेटार नजिक तमोर नदी किनारमा पनि बिहान करिब ९ बजे महिलाको शव फेला परेको हो । सो क्षेत्र तेह्रथुमको छथर गाउँपालिका पर्ने भएकाले शवको विषयमा तेह्रथुम प्रहरीलाई जानकारी गराइएको प्रहरी निरीक्षक खड्काले बताए ।

पाँचथरसहित उत्तरी क्षेत्रबाट बाढीले मानिस बगाएर ल्याएको हुनसक्ने अनुमान गरेर सो क्षेत्रका प्रहरी कार्यालयहरूलाई पनि शव फेला परेको जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!