संगालोखबर

धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले बिग्रिएको समानसमेत साट्न पाइने गरी ‘एक्सचेन्ज अफर’ ल्याएको छ । दशैंको अवसर पारेर सो पसलले मोबाइल, टिभी र फ्रिजको एक्सचेन्ज अफर ल्याएको हो ।

Advertisement

पुरानो, बिग्रिएको, फुटेको जस्तो सुकै सामान पनि एक्सचेन्ज गरिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । ‘पुरानो, टुटेफुटेको वा बिग्रिएको जस्तो सुकै टिभी, फ्रिज र मोबाइल साटेर नयाँ लैजान सक्नुहुन्छ,’ पौडेल भन्छन्, ‘एक्सचेन्जका लागि ल्याइएको सामानको उचित मूल्याङ्कन गर्छौं र त्यसमा बाँकी पैसा थप्न लगाएर नयाँ सामान दिएर पठाउँछौँ ।’

हरेक सामानको खरिदमा हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार फ्रिज र टिभी किन्नेलाई आइरन, कुकर र इलेक्ट्रिक जग मध्ये कुनै एउटा सामान उपहार स्वरुप प्रदान गरिनेछ । मोबाइल खरिद गर्नेलाई कभर, टेम्पर ग्लास र एयरफोन निःशुल्क दिने गरिएको छ । त्यससँगै हात खाली नजाने योजना अन्तर्गत नेकव्याण्ड, स्मार्टवाच, हेडफोन, भिआर बक्स, एयरवड्स लगायत मध्ये कुनै एउटा सामान उपहार दिइनेछ ।

सामान किन्ने वा एक्सचेन्ज गरेर लैजाने सबैले यो उपहार पाउनेछन् । उनीहरु मध्ये गोलाप्रथाबाट भाग्यशाली एक जनालाई २५ हजार मूल्य पर्ने ३२ इन्चको स्मार्ट टिभी पनि प्रदान गरिने सञ्चालक पौडेलले जानकारी दिए । उनका अनुसार हरेक हप्ता पनि गोलाप्रथाबाट भाग्यशाली ग्राहकलाई उपहार स्वरुप पावरव्याङ्क, स्पीकर, इलेक्ट्रिक जग, आइरन, रोटीमेकर, भित्तेघडी लगायत सामान प्रदान गरिनेछ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!