संगालोखबर

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज तोलामा तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा चार सय रुपैयाँले बढेको सुन एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । केहिदिनदेखि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

आज चाँदी मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजोको तुलनामा पाँच रुपैयाँले कम हो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!