संगालोखबर

धनकुटा । धनकुटामा करिब डेढ सय कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच दिनसम्म शिविर सञ्चालन गरेर १ सय ४१ वटा कुकुर र दुई वटा बिरालोको बन्ध्याकरण गरेको हो ।

Advertisement

रेबिज रोग नियन्त्रणका लागि ८६ वटा भाले र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा वेवारिसे अवस्थामा रहेका तथा घरपालुवा कुकुर बिरालोको बन्ध्याकरण गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख हिमाकुमारी गौतमले जानकारी दिइन् ।

रेबिज लागेको कुकुरले टोकेमा रेबिज रोग सर्ने गर्छ । शिविर सञ्चालन गरेर कुकुर बिरालोलाई रेबिज विरुद्धको भ्याक्सिन पनि लगाइदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!