विराटनगर । दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईँलाई हिजो राति नै अस्पताल भर्ना गरिएको हो ।
रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पक्राउ परे लगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।