संगालोखबर


विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेको छ ।  हिजो सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

शुक्रबार सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

गत वर्ष असोजमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजारको हाराहारीमा पुगेको थियो । उक्त अवस्थालाई विश्लेषण गर्ने हो भने एक वर्षमा सुनको मूल्य ४१ प्रतिशतले बढेको छ ।

आज चाँदी मूल्य भने यथावत छ । महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!