संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आज दिउँसो चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत लाइन वरिपरिका रूख, हाँगा, बाँस तथा झाडी हटाउनुपर्ने भएकाले विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको विद्युत प्राधिकरण धनकुटाले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलहारा डाँडादेखि खोकु पिप्लेसम्मको ११ के.भी लाइन क्षेत्रमा ‘बुस कटिङ’ गर्नुपर्ने भएको छ । सोही कारण सहिदभूमि गाउँपालिकाका सबै क्षेत्रमा विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको हो ।

छिटै काम सकिएमा तोकिएको समयभन्दा अघि पनि विद्युत लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!