संगालोखबर


काठमाडौं । स्वर्गीय खगेन्द्रराज ढकालको स्मृतिमा खगेन्द्र विष्णु फाउण्डेसनले ‘खगेन्द्र सर’ लोकार्पण गरेको छ । शिक्षा मार्फत समाजमा ढकालले पुर्याएको योगदानको स्मरण गर्दै ‘खगेन्द्र सर’ लोकार्पण गरिएको हो ।

राजनीतिशास्त्र एवं अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका ढकाल अध्ययन कालदेखी नै शिक्षक पेसामा आबद्ध थिए । कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठले स्वर्गीय ढकालले शिक्षा क्षेत्रमा पुर्याएको योगदान असामान्य भएको बताए ।

Advertisement

पूर्वमन्त्री टङ्क ढकालले पुस्तक मार्फत खगेन्द्रराज ढकालको दोस्रो जन्म भएको बताए । ‘खगेन्द्रराज ढकाल संसारमा नभए पनि पुस्तक मार्फत पुनर्जन्म भएको छ’, पूर्वमन्त्री ढकालले भने, ‘शारीरिक रूपमा नभए पनि मानसिक रूपमा फेरी उहाँ जन्मनु भएको छ ।’

पत्रकार तीर्थ कोइरालाले शैक्षिक सेवा सबैभन्दा ठूलो सेवा भएको भन्दै पुस्तक मार्फत इतिहासको उत्खनन भएको बताए । पुस्तकमा स्वर्गीय ढकालको बारेमा जान्ने बुझ्ने, पारिवारिक, सहकर्मी, सहपाठी, विद्यार्थी लगायत ६१ जना व्यक्तिहरूले लेखेका विषयवस्तु समावेश गरिएको छ ।

भोजपुर जिल्ला साविकको याकु विर्ता गाउँ पञ्चायतमा २००४ सालमा जन्मिएका ढकालको  २०३१ सालमा अल्पायुमै दुर्घटनामा परेर मृत्यु भएको थियो । ढकालले भोजपुर र काभ्रे जिल्लामा शिक्षा मार्फत ज्ञानको ज्योति छरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!