संगालोखबर


विराटनगर । एन्फा महिला लिग अन्तरगत सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ ।

सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुनेछ । एपीएफ छैटौँ चरणसम्म अपराजित रहँदै १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

Advertisement

कोशी प्रदेश तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अङ्कका साथ पाँचौँ स्थानमा छ । आजै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच पनि खेल हुनेछ । प्रतियोगितामा १० टोली सहभागी छन् । 
 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!