संगालोखबर


भोजपुर । पछिल्लो समय भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि कृषकहरू खोर्सानी खेती तर्फ आकर्षित भएका हुन् ।

अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का फविन्द्र प्रधान खुर्सानीबाट राम्रो आम्दानी गर्न सकिने बताउँछन् । उनले २० रोपनी क्षेत्रफलमा खोर्सानी लगाएका छन् ।

Advertisement

उनले भने, ‘यहाँ उत्पादित खोर्सानी बाहिर निर्यात हुने भएकाले थप सहज भएको छ । अन्य बाली छाडेर खोर्सानी खेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।’

उनले यहाँको खोर्सानी तराइका जिल्लासँगै काठमाडौंसम्म पुग्ने गरेको बताए । प्रधानका अनुसार प्रतिकिलो दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा अकबरे खोर्सानी बिक्री हुने गरेको छ ।

आम्दानीको स्रोत बन्दै गएपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू पनि व्यावसायिक खोर्सानी खेतीमा लाग्न थालेका छन् । दशक बढी विदेशमा पसिना बगाएका पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राई व्यावसायिक खोर्सानी खेतीमा लागेका छन् ।

उनले खुर्सानीसँगै पशुपालन पनि गर्दै आएका छन् । उनले मेहनत गर्दा स्वदेशमा पनि कमाउन सकिने बताए । षडानन्द, अरुण,  टेम्केमैयुङ गाउँपालिका क्षेत्रमा पनि व्यावसायिक खोर्सानी खेती भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!