संगालोखबर


विराटनगर । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ । आज बिहान अचानक लडेका उनको उपचारका लागि ग्रान्डी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

राई मोरङको पथरीशनिश्चरे नगरपालिका-१ निवासी हुन् । मोरङको ‘फोनिक्स फिटशाला’बाट सहभागि भएका राई गत शनिबार दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विजेता बनेका थिए ।

Advertisement

उनी टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका थिए । राईको मृत्युको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!