संगालोखबर

धनकुटा । विष खाँदा गम्भीर अवस्थामा पुगेका धनकुटाको पाख्रीवासका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–४ का ६० वर्षीय खेमबहादुर भण्डारीले गत आइतबार बिहान मेटासिट नामक विषादी खाएका थिए ।

Advertisement

उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ३ बजे भण्डारीको मृत्यु भएको भतिज गोविन्द भण्डारीले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।

जबरजस्ती करणी घटनाको अनुसन्धानका लागि प्रहरीले उनलाई केही दिनअघि नियन्त्रणमा लिएर छोडेको थियो । सोही कारण तनावमा रहँदै आएका बेला उनले विष सेवन गरेको स्थानीयवासी बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!