संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरेको छ । सहिदभूमि गाउँपालिका-१ स्थित धाप स्वास्थ्य चौकीमा सोमबार आयोजित एकीकृत घुम्ती शिविरमा अपाङ्गता भएका २० जनालाई परिचय पत्र वितरण गरिएको हो ।

शिविरमा ४ जना महिला र १६ जना पुरुषलाई स्वास्थ्य परीक्षणसँगै परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिए । उनीहरूलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले परिचय पत्र वितरण गरेका थिए ।

Advertisement

यसअघि सञ्चालित घुम्ती शिविरमा छुटेकालाई लक्षित गरेर शिविरको आयोजना गरिएको उनले बताए । सरकारी तथा गैरसरकारी निकायहरूबाट प्रवाह हुने सेवासुविधा र अवसर प्राप्त गर्न सहज होस् भन्ने हेतुले परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!