संगालोखबर

विराटनगर । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्‌घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे । प्रतियोगितामा भोलि सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुरू भएको लिगमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, सशस्त्र प्रहरीको बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, बाग्मती युथ क्लब र वालिङ नगरपालिका गरी १० वटा टोली सहभागी छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुन प्रतियोगिताको पहिलो चरणमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनमा शीर्ष ५ मा रहने टोलीबीच फेरि डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लिगको सर्वोत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!