संगालोखबर

विराटनगर । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बीले यो पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।

Advertisement

आज विराटनगर लगायत देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन आयोजना हुने गरेको छ । यसै अवसरमा व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । भोलि विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने तयारी छ । यस अवसरमा हजारौं श्रद्धालु भक्तजनको सहभागिता हुने आयोजकले जनाएको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ ।

यस अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहन्छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!