संगालोखबर

विराटनगर । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । काठमाडौँको होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जिते ।

Advertisement

विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् । यस्तै, योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए । म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए भने आदेश प्रधान फस्ट रनरअप, आयुष बमजन सेकेन्ड रनरअप बने ।

प्रतियोगितामा विभिन्न सहविधाको समेत विजेता घोषणा गरियो । जसमा आयुष बमजन मस्ट पपुलर, पब्लिक च्वाइस आदेश प्रधान, बेस्ट पर्सनालिटी आयुष दुलाल, मिस्ट ट्यालेन्टेड पिन्टु सन्याल, फोटोजेनिक योगेश श्रेष्ठ, इन्टलेक्चुअल साकार बजिमय, फिजिक मनोज गुरुङ घोषित भए ।

म्यान विथ एलिगेन्स सन्तोष लोक्सम, मस्ट एक्टिभ प्रकाश चौहान, मेन च्वाइस पियूष श्रेष्ठ, बेस्ट स्किन समीर तिमल्सिना, बेस्ट हेयर अनिकेश प्रजापति, फेसनिस्टा सिजल कपाली, स्टाइल आइकन अग्रज श्रेष्ठ र बेस्ट स्पोर्टसम्यानसिप सहविधामा मनोज गुरुङ विजेता घोषित भए ।

फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा र सन्दीप पोखरेल निर्णायकका रुपमा सहभागी थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!