संगालोखबर

विराटनगर । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरु बारा जिल्लाको विभिन्न स्थानका भएको जनाइएको छ । उनीहरु जल चढाउन झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बसलाई गएराति पछाडिबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भइ पल्टिएको हो । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!