संगालोखबर

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

Advertisement

शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

साउन २९ मा नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज त्यसलाई पनि उछिनेको छ । साउन २९ गते सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर तोलामा १ हजार ८ सय १० कायम भएको छ । शुक्रबार चाँदी मूल्य तोलामा १ हजार ७ सय ६० कायम भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!