
विराटनगर । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार बैङ्क प्राइम कमर्सियलले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।
अन्य ७ वटा बैङ्कले ब्याजदर स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका हुन् ।
१२ वटा बैङ्कले ब्याजदर घटाएका छन् । यसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैङ्कहरूको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झर्ने भएको छ ।
ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इनभेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । एनएमबी र एनआईसी एसिया बैङ्कको उक्त दर हो । राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
कुन बैंकको ब्याजदर कति ?
| बैंक | ब्याजदर (साउन) | ब्याजदर (भदौ) |
| कृषि विकास | ६.२९ | ६.०६५ |
| राष्ट्रिय वाणिज्य | ६.२१ | ६.०७ |
| नेपाल एसबीआई | ६.३ | ६.२५ |
| लक्ष्मी सनराइज | ६.५ | ६.५ |
| ग्लोबल आईएमई | ६.२५ | ६.२५ |
| कुमारी | ६.७१ | ६.७१ |
| प्राइम | ६.५ | ६.७५ |
| नेपाल | ६.२५ | ५.२५ |
| सानिमा | ६.४ | ६.२ |
| सिटिजन्स | ६.७५ | ६.७५ |
| नबिल | ७ | ७ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ६.५ |
| सिद्धार्थ | ६.७५ | ६.५ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| माछापुच्छ्रे | ७ | ७ |
| प्रभु | ७ | ६.१ |
| एनएमबी | ७.५३ | ७.४१ |
| एनआईसी एसिया | ७.५३ | ७.४१ |
| हिमालयन | ७.५ | ७ |
| एभरेस्ट | ६.३ | ६.१ |

संगालोखबर 













